सूचनाको शक्ति - The Power Of Information

        

कुन विदेशी मुद्रा साट्दा आज कति रुपैयाँ पाइन्छ ?

काठमाडौं । नेपालमा आज विश्वको प्रमुख मुद्रा अमेरिकी डलरको भाउ स्थिर छ ।

आइतबार सो मुद्राको खरिददर ११७.२७ र बिक्रीदर ११७.८७ रुपैयाँ रहेकोमा आज पनि यही दरमा विनियम हुने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

चिनियाँ मुद्रा युआनको विनिमयदर भने घटेको छ । खरिददर १८.१४ र बिक्रीदर १८.२३ रुपैयाँ कायम भएको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३७.५२ र बिक्रीदर १३८.२३ रुपैयाँ तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १६१.१३ र बिक्रीदर १६१.९६ रुपैयाँ तोकिएको छ ।

यी दुवै मुद्राको भाउ हिजोको तुलनामा आज घटेको हो । केन्द्रीय बैंकका अनुसार आज नेपालमा क्यानडेली डलर एकको खरिददर ९१.८२ र बिक्रीदर ९२.३२ रुपैयाँ, सिंगापुर डलरको खरिददर ९१.८५ र बिक्रीदर ९२.५८ रुपैयाँ तथा साउदी अरेबियन रियालको खरिददर ३१.२७ र बिक्रीदर ३१.४३ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिददर ३२.२० र बिक्रीदर ३२.३७ रुपैयाँ, यूएई दिरामको खरिददर ३१.९३ र बिक्रीदर ३२.९ रुपैयाँ, मलेसियन रिंगिटको खरिददर २८.११ र बिक्रीदर २८.२६ रुपैयाँ तोकिएको छ ।

दक्षिण कोरियाली वन १०० को खरिददर ९.९२ र बिक्रीदर ९.९७ रुपैयाँ तथा हङकङ डलर एकको खरिददर १५.७ र बिक्रीदर १५.१५ रुपैयाँ कायम गरिएको छ ।

आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३८९.६० र बिक्रीदर ३९१.५९ रुपैयाँ तोकिएको छ ।

यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३११.१३ र बिक्रीदर ३१२.७२ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १०:५५