सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

बाँके । कोरोना भाईरस(कोभिड–१९) संक्रमणबाट बाँकेमा थप दुई जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके र दाङका रहेका छन् । दुबै जना संक्रमितको भेरी अस्पतालमा १० मिनेटको फरकमा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका वडा नम्बर ४ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा गत भदौं २८ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।

स्वास्थ्यमा कुनै सुधार नआएपछि उनको आइतबार बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको  कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए । यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ८२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।

दाङमा गत भदौं १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पताल नेपालगन्ज आएर भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि उनको आइतबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । यो संगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना संक्रमण भएर उपचारका लागि आएका बाहिरी जिल्लाका ४ सय १४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १०:५१