सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पत्तिको प्रयोग मार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरूबाट सहयोग पाइने छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा उधारो लगेर नतिर्नेहरू हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । विभिन्न भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने अवसर आउनेछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जानेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा आलोचनाको शिकार हुने योग रहेको छ ।  घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विभिन्न अवसरहरूको उपयोग गरी यथेष्ट धन तथा सम्पत्ति कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार ०७:२७