सूचनाको शक्ति - The Power Of Information

        

बढ्दै महिला हिंसाका उजुरी

सांकेतिक तस्वीर

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा हिंसाको घटनाका उजुरीहरू बढ्न थालेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम, सचेतना र घरदैलो अभियानले महिला हिंसाको घटनाको उजुरी दर्ता गर्ने क्रम बढेको हो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा एक सय ३३ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका थिए । तीमध्ये ५३ वटा महिला हिंसासँग सम्बन्धित छन् । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा महिला हिंसाको उजुरी गर्ने क्रम बढिरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम, सचेतना र घरदैलो अभियानले महिला हिंसासँग सम्बन्धित घटनाको उजुरी दर्ता गर्न अभिपे्ररित गरेको छ । उपरीक्षक कार्कीले महिलाको संरक्षण र हितका लागि महिला सेल सक्रिय रहेको बताए ।

उनले छुट्टै भवन र महिला सेलमा परिचालित प्रहरी कर्मचारीका कारण महिलाहरू हिंसाको उजुरी लिएर प्रहरी कार्यालयसम्म आउने वातावरण बनेकोसमेत दाबी गरे । महिला सेलमा कार्यरत प्रहरी सहायक निरीक्षक सरस्वती पौडेलले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटनाहरू बाहिर आएको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार १८:०७