सूचनाको शक्ति - The Power Of Information

        

सरकारद्वारा बझाङका ६ वटा सडक योजना खारेज

बझाङ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको सडक योजना खारेज गरेपछि बझाङ जिल्लाका ६ वटा सडक योजना खारेजीमा परेका छन् ।

बझाङका खारेजी भएका सडक योजनाहरुमा दिपायल, थलारा, चैनपुर सडक, चैनपुर– १७ जयपृथ्वी नगर, भामचौर विजगडा हुदैँ दार्चुला सडक, मार्तर्डी घटमुना र दहकोट हुँदै बझाङको सिमाना सम्मको सडक,जाँडलेक देखी धुली काँडासम्मको सडक, ऐशेलुबगर कचाली हुँदै ज्यावन जोड्ने सडक रहेका छन् ।

कार्यक्रम अन्तर्गत रहेका प्रति सडक योजनाका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको थियो । नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका छन् ।

प्रतिस्थापन विधेयकबाट नै बझाङका ६ वटा सडक आयोजना बजेट नभएको भन्दै खारेज भएको छन् । जसमा ६ वटा योजनाको करिब १ करोड ४४ लाखका योजना खारेजीमा परेका हुन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार १७:३१