सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक : तीनवटा दस्तावेजमाथि छलफल

अर्को बैठक सोमबार एक बजे बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा आगामी असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रस्तावमाथि छलफल सुरु भएको छ ।

तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

तीनवटै प्रस्तावको स्थायी कमिटी सदस्यले अध्ययन गरेर सुझाव दिने क्रम सुरु भएको छ । आइतबारको बैठकमा अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्ना विचार राखेका थिए । अर्को बैठक सोमबार एक बजे बस्नेछ ।

सोमबारको बैठकमा बाँकी स्थायी समिति सदस्यहरुले आफ्नो सुझाव राखेर तीनवटै प्रतिवेदनलाई आवश्यक सुझावका आधारमा परिमार्जन गरेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेश गर्ने तयारी छ ।

केन्द्रीय बैठकमा आएका सुझावलाई समेत समेटेर ती प्रस्ताव विधान महाधिवेशनमा पेश हुनेछन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार १७:२७