सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजारभन्दा तल झर्‍याे

सात सय ३४ जनामा सङ्क्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजारभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार चार सय १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार तीन सय १३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म सात लाख ४९ हजार दुई सय १३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा सात सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १० हजार १३ जनाको नमुना परीक्षण गर्दा सात सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा परीक्षण गरिएका नमुनाको सात दशमलव ३३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७३ हजार पाँच सय ३४ पुगेको छ ।

यही अवधिमा थप १२ जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४० पुगेको छ ।अहिले तीन सय ९० जना सङ्क्रमितको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको २१ हजार तीन सय ६० मात्रा खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५५ लाख ७८ हजार आठ सय ६५ र एक मात्रा लगाउनेको सङ्ख्या ६२ लाख तीन हजार तीन सय १६ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार १७:११