सूचनाको शक्ति - The Power Of Information

        

अनेरास्ववियूको सचिवमा बझाङका लोकेन्द्र सिंह चयन

बझाङ  । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको सचिवमा बझाङका लोकेन्द्र बहादुर सिंह चयन भएका छन् ।

शनिबार भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकले सिंहलाइ सचिवमा चयन गरेको युवा संघका केन्द्रय सदस्य उतमजंङ्ग सिंहले बताए ।

त्यस्तै बझाङकै पंकज भण्डारी अनेरास्ववियू बाग्मती प्रदेशको संयोजक भएका हुन् । उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए ।

यस अघि सिंह चार कार्यकाल अनेरास्ववियू केन्द्रिय सदस्य भएका थिए भने, एक कार्यकाल अनेरास्ववियूको स्थाइकमिटी सदस्य भएका थिए ।

भण्डारी यस अघी अनेरास्ववियू केन्द्रि सदस्य रहेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार ०९:२८