बाँके । बाँकेमा शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीमा ३० नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा १४ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।
मेडिकल कलेज कोहलपुरमा २९ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । बाँके बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ३५ पुगेको छ ।
यस्तै शनिवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ४६ पुगेको छ ।
।