सूचनाको शक्ति - The Power Of Information

        

कुन देशको मुद्राको भाउ कति ? यस्तो छ आजको विनिमयदर(सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वाजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा, बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८९ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा, बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३ सय ९१ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १२:१५