काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वाजनिक गरेको छ ।जसअनुसार अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ३३ पैसा, बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा रहेको छ ।
त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८० पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा, बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३ सय ९२ रुपैयाँ ०७ पैसा रहेको छ ।


।