सूचनाको शक्ति - The Power Of Information

        

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।

सभामुख पूर्णबहादुर घर्तीले नवौं अधिवेशनको पाँचौं बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए।

बैठक सुरू भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए।

उनीहरूले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारबाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १७:३८