सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा आज थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १५ जना डिस्चार्ज

कुल संक्रमितको संख्या १८ हजार १ सय २३

बाँके । बाँकेमा बिहीवार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८५ नमुना परीक्षण गर्दा १८ र बागेश्वरी प्रयोगशालामा १९ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा भने सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका १५ जना छन् । कोहलपुरका ९, नेपालगञ्जका ४ र खजुराका २ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय २३ पुगेको छ ।

यस्तै बिहीवार थप १५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय २७ पुगेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १७:२३