सूचनाको शक्ति - The Power Of Information

        

व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका भेरी अस्पतालका सटर खाली गराइयो

बाँके ।  भेरी अस्पतालका सटरहरु खाली गरिएको छ । अस्पताल विकास समितिले भाडामा दिएका सबै सटर खाली गराएको हो ।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गराइएको जानकारी दिए ।

विशिष्टिकृत अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेकाले मन्त्रालयका नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताउँदै उनले यी संरचनाहरु हटाएर आकर्षक पर्खाल लगाइने जानकारी दिए ।

भेरी अस्पतालका ३४ वटा सटर छन् । ती सटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा दिएको थियो । एउटा सटरले न्यूनतम १० हजारदेखि २ लाखसम्म भाडा अस्पताललाई बुझाउँदै आएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १७:१९