सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकाे छापावाला सुनको मूल्यमा आज छ सय रुपैयाँले वृद्धि भएर ९१ हजार दुई सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार एक सय ९० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ ।

महासंघले बुधबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँ नै तोकेको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १६:४५