सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

कुल संक्रमितको संख्या १८ हजार १ सय ८

बाँके । बाँकेमा बुधवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । ती, दुवै खजुरा गाउँपालिकाका हुन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ ।

यस्तै बुधवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय २४ पुगेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १६:४१