सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार महासंघ लुम्बिनीका सदस्य बिन्दुकुमार चौहानको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ।

निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो।

तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासंघले जनाएको छ।

चौहान नेपाल पत्रकार महासंघका पूर्वकार्यसमिति सदस्य हुन्। दुई दशकदेखि पत्रकारिता गर्दै आएका चौहान बुद्ध टेलिभिजन, बुटवल टुडे दैनिक र एबीसी टेलिभिजनमा कार्यरत थिए।

उनका श्रीमती, चार छोरा र तीन छोरी छन्। चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १०:०५