सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले बन्द मुग्लिन–नौबिसे सडक दुईतर्फी खुल्यो

काठमाडौं । पहिराेको कारण बन्द भएको मुग्लिन–नौबिसे सडक खुलेको छ ।

सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी बन्द भएको सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुईबजेतिर पहिरो खसेर सडक बन्द भएको थियो ।

पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार ०९:२१