सूचनाको शक्ति - The Power Of Information

        

बार्यनसँग बार्सिलोना तीन–शून्य गोलले पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बार्यन म्युनिखले बार्सिलोनालाई तीन शून्यले हराएको छ ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । बार्यनले बार्सिलोनालाई उसकै मैदानमा हराएको हो । खेलको ३४ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले दोस्रो हाफमा दुई गोल थप्यो ।  ५६ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । त्यस्तै खेलको ८५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे ।

बार्यनले समूह ई मा पहिलो तीन अंक जोडेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार ०९:१८