सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

बैठक बस्ने वातावरण नदेखिएपछि पाँचौँ अधिवेशनको नवौँ बैठक प्रदेशसभा सचिवालयमा सूचना टाँसेर स्थगित गरिएको हो ।

अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १:०० बजे बस्ने गरि बोलाईएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

सूर्य चिन्हबाट चुनाव लडेका आफ्ना कारबाहीमा परेका २ सांसदलाई पदमुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक निरन्तर अवरोध गरिरहेको छ ।

यसअघि प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार ०९:१५