सूचनाको शक्ति - The Power Of Information

        

एमाले अगुवा कार्यकर्ता भेला

एमाले अध्यक्ष ओली आज बुटवल जाँदै, कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

१५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रुपन्देहीको बुटवल जाने भएको छन् ।

रुपन्देही एमाले अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न ओली बुटवल जान लागेका हुन् । ओली मध्यान्न १२ बजे बुटवल पुग्ने आयोजकले जनाएको छ।

बुटवल ११ देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईँले बताए।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्नेछन् ।

भेलामा जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पूरा भएको जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डेले जानकारी दिए ।

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार ०८:५०