सूचनाको शक्ति - The Power Of Information

        

ओली बिर्तामोडमा

नेकपा एमालेमाथि षड्यन्त्र गरिएकाले संसदमा अवराेध गर्नुपर्‍याे : अध्यक्ष ओली

आउँदाे चुनावदेखि एमाले पुनः सत्तामा फर्किने

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवराेध गरिएको बताउनुभएको छ ।

नेकपा एमाले झापाले आज मङ्गलवार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेमाथि षड्यन्त्र गरिएकाले प्रतिनिधि सभामा अवराेध गर्नु आफूहरूको बाध्यता भएको बताउनुभयो । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा देशले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उहाँको भनाइ थियो ।

आउँदाे चुनावदेखि एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताउनुभयो । ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’, उहाँले भन्नुभयो । एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोसीको भेल थुनिँदैन ।

अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाण्डाैबाट यहाँ आइपुग्नुभएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:३१