सूचनाको शक्ति - The Power Of Information

        

बाँके कांग्रेसको १४ औ‌ महाधिवेशन अन्योलमा

बाँके ।  क्रियाशील सदस्यता विवादका कारण बाँके कांग्रेसको १४ औ‌ महाधिवेशनअन्तर्गतका सबै प्रक्रिया अन्योलमा परेका छन् ।

गत १८ भदौदेखि सुरु हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता टुंगिएर नआएकाले अन्योलमा परेको हो ।

कांग्रेस बाँकेका सचिव तप्त पौडेलले क्रियाशील सदस्यता टुंगिएर नआएकाले अधिवेशनका सबै प्रक्रिया अन्योलमा रहेको बताए ।

तीनवटा निर्वाचन क्षेत्र, एक उपमहानगर, एक नगर र ६ गाउँपालिका रहेको बाँकेमा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशनका कुनै पनि तयारी अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:२८