सूचनाको शक्ति - The Power Of Information

        

बाँके राष्ट्रिय निकुञ्ज

रात्रिकालीन समयमा बाँके राष्ट्रिय निकुञ्ज भएर गुड्ने सवारी साधन सञ्चालनमा रोक

सर्तकता अपनाउन आग्रह

बाँके । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

मान्छे मारेका दुई बाघ राजमार्ग नजिकै गाभरको भट्टी खोला किनारमा बसिरहेको हुँदा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले सर्वसाधरणको सुरक्षा थप दुर्घटना नहोस् भन्नका लागि यस्तो निर्णय गरिएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरस्थित भट्टीखोला किनारमा आईतबार बाघले एकजना मानिसलाई खाएपछि बाँके राष्ट्रिय निकुञ्जले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:१७