सूचनाको शक्ति - The Power Of Information

        

ब्यङ्गय

एमसिसी : कसका लागि के ?

ओलीका लागि एमसिसी,
आए आँप गए झटारो !
प्रचण्डका लागि एमसिसी,
भालुको कनपट, समात्नु न छोड्नु !
देउवाका लागि एमसिसी,
कि हस्तिनापुरको राज कि चपरीमूनीको बास !
माधव नेपालका लागि एमसिसी,
खाई न पाई छालाको टोपी लाई !
उपेन्द्र यादवका लागि एमसिसी,
जसको लाठी उसको भैंसी !
महन्त ठाकुरका लागि एमसिसी,
भोको पेटले सोच्न सक्दैन !
कमल थापाका लागि एमसिसी,
जसको शक्ति उसको भक्ती !
बाबुरामका लागि एमसिसी,
माग्नेलाई छान्ने अधिकार हुँदैन !
चित्रबहादुरका लागि एमसिसी,
हिस्स बुढी हरिया दाँत !
आएनजिओका लागि एमसिसी,
अजिङ्गरको आहारा दैवले जुराउँछ !
पत्रकारका लागि एमसिसी,
धन भनेपछि महादेवका तीन नेत्र !
पावर ब्रोकरका लागि एमसिसी,
मौकामा हिरा फोर्नुपर्छ !
ठेकेदारका लागि एमसिसी,
लुटको धन फुपुको श्राद्ध !
राजावादीका लागि एमसिसी,
दैवले दिन्छ पितृले हर्छ !
अमेरिकाका लागि एमसिसी,
पशुपतिको दर्शन सिद्राको ब्यापार !
चाइनाका लागि एमसिसी,
दुस्मन खोज्न टाढा जानुपर्दैन !
भारतका लागि एमसिसी,
ईलाका मेरा धमाका तेरा !
जनताका लागि एमसिसी,
कुसाईतमा पञ्चैबाजा !
देशका लागि एमसिसी,
डोकोमा दूध दुहेर अडिंदैन !

 

– गजुरियल डटकमबाट

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १०:१०