सूचनाको शक्ति - The Power Of Information

        

भन्सार छलि ल्याएको २ लाख बढिको सामाग्री बाँके प्रहरीद्धारा बरामद

बाँके ।  बाँके प्रहरीले भन्सार छलि ल्याएको खसी तथा बेवारिसे अवस्थामा राखेको लत्तकपडा र मोटरसाईकलका पार्टपुर्जा बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० ट्राफिक चोक नजिकबाट उक्त सामान प्रहरीले बरामद गरेको हो ।

बाँके प्रहरीका अनुसार बरामद गरिएका उक्त सामाग्रीको अन्दाजी मूल्य २ लाख ४६ हजार ४४० रुपैयाँ रहेकोछ । प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १९:२३