सूचनाको शक्ति - The Power Of Information

        

अवधी पत्रकार संघ नेपालको बाँके शाखा अध्यक्षमा नन्दलाल

बाँके । अवधी पत्रकार संघ नेपालको बाँके शाखा कार्यबहाक अध्यक्षमा नन्दलाल साहु तोकिएका छन् ।

अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघ बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले भदौ २० गते पेश गरेको राजीनामा संघको केन्द्रिय कार्यसमितिले स्वीकृत गरेको थियो ।

केन्द्रिय कार्यसमितिले बाँके शाखा अध्यक्ष त्रिपाठीको राजीनामा स्वीकृत गरेसंगै उपाध्यक्ष रहेका साहुलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

केन्द्रिय कार्यसमितिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै ब्यक्तिगत ब्यस्ताता देखाई बाँके शाखा अध्यक्षले पेश गरेको राजीनामा संघको भदौ २२ गते बसेको केन्द्रिय समितिको बैठकले स्वीकृत गरेको जनाएको छ ।

अवधि भाषी पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता बिकासका लागि सक्रिय रुपमा काम गर्दै आएको संघको काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा शाखा समेत रहेको छ ।

संघको विधान अनुसार जिल्ला शाखाका उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोकी पुर्णता दिने अधिकार प्रदान गरेको समेत संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्रद्वारा जारी उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका साहु नेपाल प्रेस युनियन बाँके शाखाका कार्यसमिति सदस्य हुन् । उनी भेरी एफएम नेपालगन्जका प्रमुख संवाददाता समेत हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १९:१९