सूचनाको शक्ति - The Power Of Information

        

८ ग्राम ब्राउन सुगरसहित बाँकेमा चार जना पक्राउ

बाँके । बाँके प्रहरीले एकैदिन ८ ग्राम ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसा यसरी पक्राउ पर्नेमा नेपालगन्जसहित दाङ, बर्दिया र रुकुमका ४ जना रहेकाछन् । उनीहरुलाई छुट्टाछुट्टै स्थान र समयमा नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार नेपालगन्जको जमुनाहबाट २ जनालाई ६ ग्राम र नेपालगन्जबाट २ जनालाई २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धान प्रकृया अघि बढाइएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको जमुनाहबाट पक्राउ पर्नेमा लमही नगरपालिका–५ का २५ वर्षीय तिमशी रानामगर र गढवा गाउँपालिका–६ का २५ वर्षकै करण मल्ल रहेका छन् ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ वर्षकै सम्राट खत्रीलाई २ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्जमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई रोकी चेकजाँच गर्नेक्रममा २ ग्राम ब्राउन सुगर सहित प्रहरी नियन्त्रणमा परेका हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १९:१५