सूचनाको शक्ति - The Power Of Information

        

दाङकाे बबई नदीमा डुबेर एक जनाकाे ज्यान गयाे

दाङ । दाङको बबई नदीमा  डुबेर एक जनाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए।

साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीलाई हिजो नदीले डुबाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १२:३४