सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ३१ हजार ३७४ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौँ । भारतमा थप ३१ हजार ३७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ६३ हजार ५४२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८३ हजार ९३१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ९०७ पुगेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार ११:३०