बाँके । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएसंगै बन्द भएका नेपालगन्जका विद्यालय आजबाट सञ्चालनमा आएका छन् ।
गत वैशाख ९ गते निषेधाज्ञा जारी भएपछि नेपालगन्जका विद्यालय बन्द भएका थिए । पछिल्लो समय निषेधाज्ञाले सबै क्षेत्रलाई खुकुलो पारे पनि विद्यालय सञ्चालन गर्न दिइएको थिएन ।
सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेर विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि नेपालगन्जका विद्यालय सञ्चालनमा आएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले भदौ २७ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो । विद्यालय सञ्चालन गर्दा सञ्चालकले स्मार्ट लकडाउनको निर्देशिका बमोजिमका मापदण्ड पालना गर्नु पर्नेछ ।
विद्यालयमा विद्यार्थी संख्याका आधारमा सिफ्टमा उपस्थित गराउन निर्देशन दिइएको छ ।
।