सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आज दुई जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २१ नमुना परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । ती खजुरा र कोहलपुरका हुन् । मेडिकल कलेज कोहलपुरमा २६ र बागेश्वरी प्रयोगशालामा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै आइतवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय १ पुगेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतवार १७:२१