सूचनाको शक्ति - The Power Of Information

        

सर्वदलीय बैठक

सदनको गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

भोलि दिउँसो साढे २ बजे

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

‘सभामुखज्यूले भोलि ( २८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/प्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमाले सांसदहरूले बुधबार, बिहीबार र आइतबार गरी तीन दिनको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतवार १७:१४