सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङ ।  बझाङको दुर्गाथलि गाउपालिका–३ मौलालीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मौलालीकी ६० वर्षीया गालु देवी रावलको घास काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकै रहेको अन्जाडि सामुदायिक वनको भीरमा घाँस काट्न गएकी रावलको शनिबार दिउसो लडेर मृत्यु भएको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारि भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी रुपख खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतवार ०७:५७