सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ । बिहान ६ः१३ बजे धक्का महसूस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार ११:१७