सूचनाको शक्ति - The Power Of Information

        

डोटी : सेती नदीमा बगेर १८ वर्षीय युवक बेपत्ता

डाेटी । सेती नदीमा नुहाउने क्रममा एक जना युवक बगेर बेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन भुत्याल हिजाे दिउँसाेदेखि नदीमा बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनु भयाे ।

हिजैदेखि इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको नौ जना प्रहरीको टोलीले उहाँको खोजी कार्य गरिरहेको छ । नदीकाे पानी धमिलो भएका कारण खोजी गर्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार ०८:४०