सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

बाँके । कारोना भाइरस संक्रमणका कारण बाँकेमा शुक्रवार थप एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

साउन २९ गते नेपालगञ्ज मेडिकल कलेजको प्रयोगशालामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि साउन ३० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार बिहान पौने सात बजे मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै हालसम्म कोरोना संक्रमणका कारण बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४०६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १७:५३