सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर:

बाँकेमा शुक्रवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ७ जना डिस्चार्ज

डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ८६

बाँके । बाँकेमा शुक्रवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा ५, कोहलपुर मेडिकल कलेजमा ४ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् ।

कोहलपुरका ५, खजुराका २ र बैजनाथका १ जना हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ८७ पुगेको छ । यस्तै शुक्रवार थप ७ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०२ पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १७:५१