काठमाडौं । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।
आयोगले विभिन्न पदका लागि १८ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १४ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । यद्यपी असोज २२ गते सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

।