सूचनाको शक्ति - The Power Of Information

        

कुन देशको मुद्राको भाउ कति ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विभिन्न देशको मुद्रा सटहीको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार आजका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यसैगरी साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ १२ पैसा र बिक्रीदर ३ सय ९२ रुपैयाँ १२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १०:३९