बझाङ । सडक भासिदा जयपृथ्वी राजमार्ग विहिबार विहानदेखि अवरुद्ध भएको छ ।
बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भास्सिदा अवरुद्ध बनेको हो ।
सदरमुकाम चैनपुर भित्रियका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, सदरमुकाममै रोकिएका छन् ।
सदरमुकाम चैनपुरबाट सिमखेत, लगाएत सदरमुकामबाट अन्यन्त्र जाने सवारीहरु रोकिएका छन् । बाहिर जिल्लाबाट आउने सवारी साधनहरु भने, सिमखेत सम्म आउने गरेका छन् ।
विहिबार विहानदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
‘राजमार्ग खुलाउने विषयमा स्थानीय तह,सडक कार्यालयसंग समन्वय भइरहेको छ’ उहाँले भन्नुभयो । तल बाउलि खोला भएकाले सडक पुनः सञ्चालनमा भने केहि समय लाग्ने जनाइएको छ ।
उक्त स्थानमा यसअघि पनि बेलाबेला पहिरो खस्ने र सडक भासिने हुदा राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ ।
।