सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा विवेकशील साझा पार्टीको युवा संगठनको जिल्ला समिती घोषणा

बझाङ । बझाङमा विवेकशील साझा पार्टीले आफु निकट युवा संगठनको जिल्ला समिती घोषणा गरेको छ ।

विहिबार सदरमुकाम चैनपुरमा साझाको युवा संगठन दिपक सिंहको संयोजगत्वमा ३१ सदस्य साझा युवा संगठन जिल्ला समिती घोषणा गरेको हो ।

साझा युवा संगठनको समिती घोषणा कार्यक्रममा बोल्दै साझा युवा संगठनका प्रदेश संयोजक रोहित चन्दले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा विवेकशील साझा युवा संगठन उभिने बताउनुभयो ।

विवेकशील साझा पार्टीका प्रदेश कमिटी सदस्य सुरत मल्लले युवा संगठन गठन प्रति खुशी व्यक्त गर्दै यसबाट देश विदेशमा रहेका आम युवाहरुलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने बताउनुभयो ।

उहाँले युवा संगठनलाई देशव्यापी विस्तार गर्न सुसंस्कृत राजनीति कल्याणकारी लोकतन्त्र स्थापित गर्न र नेपालको राजनीतिक रुपान्तरणमा इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) खारेजीको माग गर्दै विवेकशील साझाले गर्यो बझाङमा शान्तिपुर्ण र्याली
मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) खारेजीको माग गर्दै विवेकशील साझाले बझाङमा शान्तिपुर्ण र्याली गरेको छ ।

उक्त र्यालीलाई कोण सभामा परिणत गर्दै एमसिसी नेपालको हितविपरित भएकोले सरकारलाई यसको खारेजीको माग गरिएको र्यालीमा सहभागी विवेकशील साझाका नेताहरुले बताएका छन् ।

साझाका जिल्ला संयोजक नगेन्द्र खड्काले नेपाली जनतालाई नचाहिएको एमसिसी पारित हुन नदिन नागरिकस्तरबाटै आन्दोलनको आवश्यकता परेको बताउनुभयो ।

नेपाललाई कमजोर ठानेर अमेरिकी सरकारले आफ्नो सैनिक सासन लागू गर्न खोजेकोले त्यसको विरुद्ध आम जनता लाग्नुपर्ने उहाँको भनाइ छ ।

अमेरिकी सरकारले नेपाल सरकारकै पैसामा आफ्नो शासन लागू गर्न खोजिएको हुँदा त्यसबाट सतर्कता अपनाउन सबैलाई आग्रह समेत गर्नु भएको छ ।

साथै कोणसभामा बोल्दै खड्काले एनसेलबाट कर असुलेर त्यहि पैसा देशको विकासमा लगानी गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार ०९:५५