सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीको टोली र प्रचण्डवीच खुमलटारमा भेटवार्ता

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विहानै उनकै निवास खुमलटारमा एमसीसीको टोली पुगेको थियो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गरेको स्रोतले बतायो ।

प्रचण्डले एमसीसी संशोधन विना पास गर्न नसकिने बताउँदै आएका छन् । केही दिन अघि पनि उनले एमसीसी संशोधन नभए पास गर्नै नसकिने बताएका थिए । जसको कारण सत्ता गठबन्धनमा पनि खटपट शुरू भएको छ ।

हिजो नेपाल आएकी फातिमाले एमाले अध्यक्ष केपी ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेकी थिइन् ।

प्रचण्डलाई भेटेपछि उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्ने कार्यक्रम छ । हिजो बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको हो। टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेनछ।

प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि संसदबाट पारित गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार ०९:४४