सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रमुख प्रतिपक्षी दल एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

पार्टीको विधान महाधिवेशनलगायतका विषयमा छलफल 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ ।

दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले विधान महाधिवेशन ४ असोजदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको तामाङले बताए ।

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार ०९:१९