सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ । कांग्रेसकाे महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । हाल विभिन्न जिल्लामा वडा अधिवेशन चलिरहेको छ ।

कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले गत हप्ता दायर गरेको रिट न्यायाधीश सिन्हाको इजलासले खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

वैद्यले कोरोना महामारी भएकाले महाधिवेशन केही समय पर सार्न माग गरेका थिए। सर्वोच्चले कोरोनापछि परिस्थिति सामान्य अवस्था फर्किएको भन्दै महाधिवेसन रोक्न नपर्ने ठहरसहित रिट खारेज गरिदिएको हो ।

कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि सुरू भएको थियो। नगर/गाउँ पालिकाको महाधिवेशन २७ गते हुँदै छ भने केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म छ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। जसअन्तर्गत शुक्रबार (भदौ १८गते) देखि वडा तहको अधिवेशन सुरु भएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १८:४३