बझाङ । थलारा गाउँपालिका वडानम्बर ३ देवल बाँझमा रहेको धामीक तथा ऐतिहासिक महत्व बोकेको देवल प्रचारप्रसार र संरक्षण नहुदा ओझेलमा पर्न थालेका छन् ।
थलारामा रहेको पुरातातिक तथा शिखरशैलिको देवल प्रचारप्रसार नहुदाँ ओझेलमा पर्दै गएको हो । भने चैते दशै, कृष्णजन्माष्टमी, श्री पञ्चमी र दशैको बेला समेत उक्त ठाउँमा पुजापाठका साथै मेला लाग्ने गर्दछ ।
शिखर शैलीको आकृर्तिमा रहेका देवल आकर्षक ढुङ्गै, ढुङ्गाले बनेको छ । खासै अभिलेख नभए पनि ७, ८ सय बर्ष पहिले जुम्ली माहाराज बझाङ घुम्दै आउने क्रममा निर्माण गरेको बुढापाकाको भनाई छ ।
अर्का तिर पाण्डव बनबास जाँदा बाँस बसेको ठाउँमा देवल र खाना र दिउसो आराम गरेको ठाउँमा ढुंङ्गे धारा र कुवाँ बनाएको भन्ने भनाई रहेको देव संरक्षणको अभियानमा लागेका देवल बाँझका स्थानिय खगेन्द्र उपाध्यायले बताउनु भयो ।
२०७२ सालमा पुरातातिक विभागबाट सामान्य पुन निर्माण भएता पनि अन्य ठाउँबाट भने संरक्षणका लागी प्राथमिकतामा नपरेको र पछिल्लो समयमा जिर्ण बन्दै गएको छ ।
देवल भित्र शिब, गणेश, पार्वती लगाएतका मुर्तीहरु रहेका छन् । स्थानिय सरकार गठन भैसके पछी त्यस्ता पुरातातिक सम्पदाहरुलाई सुचिकरण गरी संरक्षण र सम्वर्दनका लागी गाउँपालिका लागी परेको थलारा गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत पदम ओलीले बताउनुभयो ।
‘गाउँपालिकाबाट पुजा पाठ गर्न जाने मान्छेहरुलाई बस्नलाई सजिलो होस भन्नाका निमित आश्रमको समेत निर्माण भएको छ ।’ सडक संञ्जाल समेत पुुगेकाले आगामी दिनमा प्रचारप्रसार र पर्यटन प्रवर्दनका कार्यक्रमलाई जोड दिने समेत ओलीले बताउनुभयो ।
चैते दशै, कृष्णजन्माष्टमी, श्री पञ्चमी र दशैको बेला समेत उक्त ठाउँमा पुजापाठ हुनुका साथै मेला लाग्ने गर्दछ ।
।