सूचनाको शक्ति - The Power Of Information

        

बझाङका २५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

बझाङ । बझाङका २५ जना जनप्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

आइतबार र सोमबार जिल्ला निर्वाचन कार्यालय बझाङमा पुगेर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेको नेतृत्वले धोका दिएकाले सामाजवादी रोज्नु परेको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयमा समाजवादीमा हस्ताक्षर गर्नेमा केदारस्युँ गाउँपालिकाका २४ जना, थलारा गाउँपालिकाका १ जना गरी बझाङबाट नेकपा एकीकृत समाजबादीमा सनाखत गर्ने जनप्रतिनिधी जम्मा २५ जना रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १७:५१