सूचनाको शक्ति - The Power Of Information

        

बझाङ जिल्लामा एस भन्दा एमाले ठुलो दल

बझाङ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ ।

विभाजनले सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई ठूलो धक्का लागेको भए पनि जिल्लामा भने एमाले ठूलो दल बनेको छ ।
बझाङका १२ वटा स्थानीय तह मध्ये ७ गाउँपालिका, १ नगरपालिकामा एमाले विजयी भएको थियो ।

विभाजन पछि १ नगरपालिकाका मेयर, ६ वटा गाउँपालिकाका अध्यक्ष एमाले मै रहेका छन् । १ गाउँपालिकाका अध्यक्षले भने नेकपा एस राजेका छन् ।

एमालेले १ नगरपालिका उपप्रमुख, ८ गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । ती मध्ये १ नगरपालिका उपप्रमुख, ७ गाउँपालिका उपाध्यक्षले एमाले रोजेका छन् भने १ गाउँपालिकाका उपाध्यक्षले नेकपा एस रोजेकी छन् ।

बझाङमा नेकपा एकीकृत समाजवादी भन्दा एमाले ठुलो दल बनेको छ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री हुदा संसद विघटन गरेका बेला माधव नेपाल तिर लागेका नेताहरू पछिल्लो समय नेपालले नयाँ दल नेकपा एकीकृत नेकपा समाजवादी खोले पछी नेपालको साथ छोडेर नेताहरू एमालेको पक्षमा लागेका हुन ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्यायपछी स्थानिय जनप्रतिनिधीहरूलाइ दल परिवर्तन गर्न भदौ २२ गते सम्मको समय तोकेको थियो । बझाङमा नेकपा एकीकृत समाजवादीमा १ गाउपालिका अध्यक्ष, १ उपाध्यक्ष, ५ वडा अध्यक्ष, ३ दलित महिला सदस्य, ५ महिला सदस्य, ३ कार्यपालिका सदस्य र ७ जना सदस्यले सनाखत गरेका छन् ।

बझाङका १२ वटा स्थानिय तहमा केदारस्यु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत २४ जना र थलारा गाउपालिकाका वडाअध्यक्ष १ जना गरि जम्मा २५ जनाले सनाखत गरेका छन् ।

नेकपा एमालेबाट बझाङमा ८ स्थानियका प्रमुख, ९ स्थानियतहका उपप्रमुख, ४९ वडा, ५० महिला सदस्य ४७ दलित महिला सदस्य, ९६ सदस्य र १७ दलित तथ अल्पसंख्यक सदस्य जितेको थियो ।

एमालेको पक्षमा ७ स्थानियतहका प्रमुख, ८ स्थानियतहका उपप्रमुख, ४५ महिला सदस्य, ४४ दलित महिला सदस्य, सदस्य ८९ र दलित तथा अल्पसंख्यक सदस्य १७ जना देखिएका छन् ।

त्यसै गरि नेकपा एमाले बाट जिल्ला समन्वय समितिमा रहेका प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरि ९ जना रहेकामा ९ जना नै एमालेको पक्षमा रहेका छन् ।

यो संगै बझाङमा नेकपा एकीकृत समाजवादी भन्दा नेकपा एमाले ठुलो दल बनेको हो । बझाङमा एमालेका शिर्ष नेताहरुमा दिल बहादुर सिंह बाहेक सबै एमालेको पक्षमा रहेका छन् ।

बझाङमा एमालेबाट निर्वाचित १७ जना स्थानीय तहका प्रमुख र उप प्रमुख मध्ये समाजवादीमा सनाखत गर्ने जम्मा २ जनामात्रै रहेका छन् । बाकि १५ जना एमाले मै रहेका छन् ।

नेकपा एमाले मा नै रहेका जनप्रतिनिधिहरु
जयपृथ्वी नगरपालिका प्रमुख ः वीरेन्द्र खड्का
जयपृथ्वी नगरपालिका उपप्रमुख ः जुना जाग्री
बित्थडचिर गाउँपालिका अध्यक्ष ः प्रेम बोहरा
बित्थडचिर गाउँपालिका उपाध्यक्ष ः जनकी बोहरा
थलरा गाउँपालिका अध्यक्ष ः भुवनेश्वर उपाध्याय
थलरा गाउँपालिका उपाध्यक्ष ः गंगुदेवी खडायत
मष्टा गाउँपालिका अध्यक्ष ः कर्णबहादुर कठायत
मष्टा गाउँपालिका उपाध्यक्ष ः भगवती बोहरा
तलकोट गाउँपालिका अध्यक्ष ः लालबहादुर विष्ट
तलकोट गाउँपालिका उपाध्यक्ष ः धनलक्ष्मीदेवी खत्री
दुर्गाथली गाउँपालिका अध्यक्ष ः प्रयागराज जोशी नेपाल
दुर्गाथली गाउँपालिका उपाध्यक्ष ः पार्वती जप्रेल
छबिस पाथीभरा गाउँपालिका अध्यक्ष ः अक्कल धामी
छबिस पाथीभरा गाउँपालिका उपाध्यक्ष ः राधिका जोशी रताला
खप्तड छान्ना गाउँपालिका उपाध्यक्ष ः पाउसरा थापा
नेकपा एस मा सनाखत गर्ने जनप्रतिनिधिहरु
केदारस्यु गाउँपालिका अध्यक्ष ः इन्द्र भण्डारी
केदारस्यु गाउँपालिका उपाध्यक्ष ः निशा धामी

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १७:४८