सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको जमुनाहा चेकपोष्टबाट लागुऔषधसहित तीन जना पक्राउ

बाँके । नेपालगञ्जको  जमुनाहा चेकपोष्टबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ घोराही उपमहानगरपालिका–११ बस्ने २२ वर्षका सौगात पुन, २१ वर्षका प्रविण विक र बाँके कोहलपुर नगरपालिका–१५ का २८ वर्षीय रामदेव थारुलाई रुपइडिहाबाट लागु औषध ल्याएर आउँदै गरेको अवस्थामा जमुनाह चेकपोष्टमा प्रहरीले पक्राउ गरेको हो ।

पुन र विकको साथबाट ३ दशमलव ४ ग्राम ब्राउन सुगर, १८ ट्याब्लेट ट्रामाडोन तथा थारुको साथबाट ४ दशमलव ५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १७:३९