सूचनाको शक्ति - The Power Of Information

        

एमाले निकै आक्रामक

संसद बैठकमा दलको रणनीति तय गर्न एमाले संसदीय दलको बैठक बस्दै

बैठक सुचारु हुन नदिने संकेत

काठमाडौं । नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक बोलाएको छ।

आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उनले बताए।

संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो।

नेकपा एमालेले संसद बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ।

सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर आफ्नो दल फुटेपछि एमाले निकै आक्रामक बनेको छ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ०७:३०